Century Times

सिमलताल दुर्घटनाः त्रिशूलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय टोली आज फर्किने

सिमलताल दुर्घटनाः त्रिशूलीमा देखिएको रातो वस्तु बस नभएको पुष्टि, भारतीय टोली आज फर्किने

नारायणगढ मुग्लिन सडक खण्डको केराबारी क्षेत्रमा पर्ने रातो वस्तु सिमलतालबाट हराएको बस नभएको पुष्टि भएको छ ।

स्थानीयले त्रिशूलीबीचमा देखिएको भनेर प्रहरीलाई खबर गरेको रातो वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस होइन । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो कि भन्ने आशंका सुरक्षाकर्मीले गरेपनि बस भने नभएको पुष्टि गरेको हो ।

यसैबीच नौ दिनदेखि सिमलता पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएर यहाँका उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी यादवले आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिइसकेको भएकोले टोली फर्किन लागेको जानकारी दिए ।

उनका अनुसार बिहान भारतीय उद्धार टोलीसँग चितवनका प्रमुख जिल्ला अधिकारी, उद्धारमा संलग्न सुरक्षाकर्मीको टोलीसहित समीक्षा तथा धन्यवाद बैठक गरिनेछ । र, अहिलेसम्म गरिएको उद्धार कार्यबाट भएको सिकाइबारे समीक्षा गरेपछि १२ जनाको उद्धार टोलीलाई विदाइ गरिनेछ ।

असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए । भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । भने, त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »