Century Times

अबको केही दिन दिउँसो घाम र राति पानी, त्यसपछि मनसुन थप सक्रिय हुने

अबको केही दिन दिउँसो घाम र राति पानी, त्यसपछि मनसुन थप सक्रिय हुने

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ । तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो ।

आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »