Century Times

जनकपुरबाट काठमाडौं उड्न लागेको यतीको जहाजमा प्राविधिक समस्या

जनकपुरबाट काठमाडौं उड्न लागेको यतीको जहाजमा प्राविधिक समस्या

जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा गडबडी देखिएपछि उडान रोकिएको छ ।

दिउँसो साढे १ बजे काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको यती एयरलाइन्सका कर्मचारी सुदीप महतोले बताए ।

उनले भने, ‘के समस्या भयो । हामीलाई थाहा भएन । पाइलट सरलाई नै थाहा होला ।

जहाज मर्मतका लागि काठमाडौंबाट इन्जिनियर आउन लागेको उनको भनाई छ ।

अचानक जहाज बिग्रेपछि यात्रु अलपत्र परेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »