Century Times

मौसम अपडेट : आज रातिदेखि मनसुन थप सक्रिय हुने

मौसम अपडेट : आज रातिदेखि मनसुन थप सक्रिय हुने

आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।

काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली  रही सबै प्रदेशका केही ठाउँहरुमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »