Century Times

इरानमाथि नेपाल विजय, फाइनलमा भारतसँग खेल्ने

इरानमाथि नेपाल विजय, फाइनलमा भारतसँग खेल्ने

काभा महिला भलिबल नेसन्स लिगमा इरानमाथि नेपाल विजय भएको छ । मंगलबार ने‍पालले सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो ।   

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएकाे खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको छ ।  मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । 

जीतसँगै फाइनलमा नेपालले भारतसँग खेल्ने छ । फाइनल खेल बुधबार हुनेछ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »