Century Times

गैरमधेसीलाई ‘मधेसी’ भनी सिफारिस गरेको भन्दै आयोगले काट्यो पत्र

गैरमधेसीलाई ‘मधेसी’ भनी सिफारिस गरेको भन्दै आयोगले काट्यो पत्र

गैरमधेसीलाई मधेसी भनेर सिफारिस गरेको भन्दै मधेसी आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुखलाई सत्यतथ्य र प्रमाणसहित आयोगलाई यथाशीघ्र जानकारी गराउन पत्र पठाएको छ ।

धनगढीमाई नगरपालिका-१३ का स्थायी बासिन्दा ईश्वर अधिकारी गैर-मधेसी मूलको भए पनि मधेसी समुदायको सिफारिस लिएर नेपाल प्रहरी तर्फ निरीक्षक पदमा मधेसी समुदायको आरक्षणमा जागिरको लागि सिफारिस भएको घटना बाहिर आएपछि आयोगको ध्यानाकर्षण भएको थियो ।

आयोगले केही दिन अगाडी सोही घटनालाई लिएर नेपाल प्रहरी र इलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर-मधेसीलाई मधेसी कोटामा नियुक्ति सिफारिस गरिएको सम्बन्धमा आधार खुलाई आयोगलाई लेखी पठाउन भनेको थियो । सो पत्रपछि इलाका प्रशासन कार्यालयले वडाबाट वडा अध्यक्षको हस्ताक्षरित फोटोसहितको सिफारिस आएको आधारमा तत्कालीन समयमा यस कार्यालयले मधेसी प्रमाणित गरेको देखिएको जवाफ आयोगलाई लेखी पठाएको छ ।

सो जवाफ आयोगमा प्राप्त भएपछि आयोगले धनगढीमाई नगरपालिकाका प्रमुखलाई कुन आधारमा गैर-मधेसी लाई वडा अध्यक्षले मधेसी भनी सिफारिस गरेको सम्बन्धमा उचित आधार र प्रमाण सहित यथाशीघ्र  जवाफ पठाउन भनेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »