राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन जनकपुरधाम आउने भएका छन् ।
निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारलाई मत माग्नका लागि माघ ७ गते आइतबार पूर्वमन्त्रीसमेत रहेका नेता वर्षमान पुन जनकपुरधाम आउन लागेको माओवादी केन्द्र धनुषाका ईन्चार्ज अजयशंकर नायकले जानकारी दिए ।
महेन्द्रनारायण निधि संस्कृत केन्द्रको सभाहलमा सत्तागठबन्धनको सभा हुनेछ । सो सभामा गठबन्धनका प्रदेश सांसद, जनप्रतिनिधिलगायतकाहरु सहभागी हुने उनले बताए ।
गठबन्धनको तर्फबाट अन्य समूहमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जसपाको तर्फबाट महिला समूहमा पूजा चौधरी उम्मेदवार छन् ।
Century Times
