Century Times

निःसन्तान दम्पतीका लागि शिविर सम्पन्न

निःसन्तान दम्पतीका लागि शिविर सम्पन्न

नैना होस्पिटलले निःसन्तान दम्पतीका लागि एक दिने शिविर आयोजन गरेको छ ।

जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै नैना होस्पिलका संचालक डा. बृजमोहन रजकले निःसन्तान दम्पतीका लागि एक दिने निःशुल्क शिविर संचालन गरिएको जानकारी दिए । सो शिविरमा एक सयभन्दा बढी दम्पतीले स्वास्थ्य चेकजाँच गरी सेवा लिएको उनले बताए ।

अधिकांश चेकजाँच गराउन आउने दम्पतीलाई निःसन्तानको शंका लागेको र स्थानीयस्तरमा एक सयजनामा एकाधमा सो समस्या रहने गरेको पाइएको उनले बताए । उनले अधिकांश निःसन्तान रहेको भनि शंका लागेको दम्पतीलाई काउन्सिलिंग गरी जनचेतना जागृत गरएको बताउँदै संचालक डा. रजकले प्रायःमा धार्मिक अन्धविश्वासका कारण स्वास्थ्य उपचारको साटो धामिझाक्री र बाबा कहाँ गएर सन्तानका लागि हारगुहार गर्ने मनोवृत्ति देखिएकोले स्थानीयस्तरमा बाँझोपनाको समस्या देखिएको बताए । उनले भने, ‘निःसन्तान हुनुका मुख्यकारण वैदेशिक रोजगारमा गएकाहरुको भूगोल, वातावरण र मानसिक यातना, बेरोजगारीपना, श्रीमान र श्रीमती बीचको दुरी एवं तनावका कारण यस्तो समस्या उत्पन्न हुने गरेको छ ।’

सो पत्रकार सम्मेलनमा डा. आदित्य प्रताप सिंहलगातयका समेतले सो शिविरमा चेकजाँच गरेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »