Century Times

मन्त्रिपरिषद्को निर्णय लिक नगर्न ओलीको कडा निर्देशन

मन्त्रिपरिषद्को निर्णय लिक नगर्न ओलीको कडा निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्।  निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको एक मन्त्रीले बताए । 

‘क्याबिनेटको निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ। अब निर्णय प्रवक्ताबाटै आउँछ। निर्णयबारे सूचनाका लागि फोन नगर्दा हुन्छ’ उनले भने । उसो त मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमअनुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »