Century Times

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो ।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमले आज सूचना जारी गरी उक्त जानकारी दिएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »