Century Times

बम आक्रमणको धम्कीपछि नयाँदिल्लीको सुरक्षा कडा

बम आक्रमणको धम्कीपछि नयाँदिल्लीको सुरक्षा कडा

भारतको राजधानी दिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई  मंगलबार बम विस्फोट हुने धम्कीको पत्र प्राप्त भएको थियो।

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीले दिल्ली प्रहरीलाई जानकारी दिएको  दिल्ली प्रहरीले बताएको छ । जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो। तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ । 

‘एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो। स”चना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै  घटनास्थलमा पुगेका थिए’,एसीपी विकास कौशिकले बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »