Century Times

प्रहरी समायोजनको प्रक्रिया अगाडी बढी सकेको छ : गृहमन्त्री लेखक

प्रहरी समायोजनको प्रक्रिया अगाडी बढी सकेको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउने काम भएकाले चाडै प्रहरी समायोजन हुने बताउनु भएको छ ।

गृहमन्त्री लेखकले जनकपुरधाम विमान स्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा ढुक्क रहनका लागि आग्रह गर्नु भयो ।

उहाँले वर्तमान सरकार मुलुकमा सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको बताउँदै त्यसै अनुसार सरकारले कामकाज गरिरहेको बताउनु भयो ।

एक प्रश्नको जवाफमा वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेको बताउँदै गणतन्त्रको विरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषयमा कुनै सत्यता नभएको बताउनु भयो ।

उनले राजनितिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघिय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधी बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको जिकिर छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »