Century Times

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अध्यक्षमा भारतका जय शाह निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अध्यक्षमा भारतका जय शाह निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को  सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालकस लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरे। 

‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा मनोनयन भएकोमा धन्य छु,’ शाहले भने ‘म आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्न प्रतिबद्ध छु।’

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »