Century Times

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ। शुक्रबार बिहान साढे १० बजे क्षिरेश्वरनाथ नगरपालिकास्थित डिपोको कार्यालयमै कर्मचारीको हत्या भएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका-३ नखनाहाका ४० वर्षीय राकेश बर्मा छन्।

उनी डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन्। प्रहरी निरीक्षक साहका अनुसार राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-४ का ३५ वर्षीय प्रकाश यादव छन्। आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाको डण्डीतिरको भागले राकेशको टाउकोमा प्रहार गरेका थिए।

‘उनीहरू दुईजना मात्र रहेछन्। विवाद हुँदा प्रकाशले राकेशको टाउकोमा बेल्चा प्रहार गरेको खुलेको छ,’ प्रहरी निरीक्षक साहले भने। बेल्चा प्रहारबाट राकेशको घटनास्थलमै मृत्यु भएको पनि प्रहरी निरीक्षक साहले जानकारी दिए। उनको आँखाको माथिल्लो भागमा चोट लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए।   

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »