Century Times

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ।

कोशी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान छ।

शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »