Century Times

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ५२ हजार नौ सय रुपैयाँ रहेको थियो । गएको भदौ १३ गते बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदीको भाउ आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »