Century Times

नक्कली नाेट बनाउने मेशिनसहित सर्लाहीबाट ८ जना पक्राउ

नक्कली नाेट बनाउने मेशिनसहित सर्लाहीबाट ८ जना पक्राउ

सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग गरिने मेशिनसहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डाैकाे चन्द्रागिरी नगरपालिका–१५ घर भएका सौगात थापा मगर, काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने विजय लामा, ललितपुरको कुपन्डोल बस्ने सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका बस्ने अमिर खत्री रहेका छन् । यस्तै सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँ बस्ने जनार्दन सिंह, रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने विशाल राई, भारतकाे सीतामढीका राजिव ठाकुर र भारतकै मेजरगन्ज बस्ने सुबाेध कुमार प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको  छ ।

यसअघि पनि प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट नक्कली नोट बनाउनेहरूलाई पक्राउ गरेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »