Century Times

प्रधानमन्त्री ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकविरुद्ध मुद्दा दायर

प्रधानमन्त्री ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकविरुद्ध मुद्दा दायर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई मुद्दा चलाइएको छ ।

बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा चलाएको हो । फेसबुकमा आलोचना गरेकै आधारमा रावलविरुद्ध मुद्दा चलाइने भएको हो ।

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो । उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू भन्दै परराष्ट्र मन्त्री आरजु राणासँग फोटो जोडेर भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

उनले लेखेको स्टाटसविरुद्ध अजित कुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।

रावल सिन्धुपाल्चोकको बाह्रबिसे स्थित किस्टोन अस्पतालका कर्मचारी हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »