Century Times

श्री एयरलाइन्सको जहाज ‘ह्वील स्टेरिङ लक’ भएपछि ‘डाइभर्ट’

श्री एयरलाइन्सको जहाज ‘ह्वील स्टेरिङ लक’ भएपछि ‘डाइभर्ट’

काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो।

‘काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो। ह्वील स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो। अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ।’

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राविधिक समस्या देखिएको विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पुर्‍याइएको बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »