Century Times

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ पुग्यो

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।

आज एकैदिन एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । आज सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ रहेको थियो । यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाकाे एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »