Century Times

विद्यालयमा सेनाको बम आक्रमण, १८ जनाको मृत्यु

विद्यालयमा सेनाको बम आक्रमण, १८ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घले गाजामा  सञ्चालन गरेको एक विद्यालयमा इजरायली सेनाले आक्रमण गर्दा १८ जनाको ज्यान गएको छ । मध्य गाजामा रहेको अल–जाउनी विद्यालयमा बम आक्रमण हुँदा राष्ट्रसङ्घका ६ जना कर्मचारीसहित १८ जनाको ज्यान गएको हो ।

घटना लगत्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा संयुक्त राष्ट्र सङ्घका कर्मचारी र मानवीय सहायताकर्मीको हत्याको जवाफदेहिता नहुनु पूर्णरूपमा अस्वीकार्य भएको बताउनुभएको छ ।

गाजामा इजरायलले आक्रमण शुरु गरेयता ११ महिनामा एउटै घटनामा सबैभन्दा धेरै राष्ट्रसङ्घका कर्मचारीको ज्यान गएको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यसैबीच, विद्रोही समूह हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »