Century Times

जउवासं चुनाव : निर्वाचनको पूर्व सन्ध्यामा उम्मेदवारहरुले शक्ति प्रदर्शन

जउवासं चुनाव : निर्वाचनको पूर्व सन्ध्यामा उम्मेदवारहरुले शक्ति प्रदर्शन

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको पूर्व सन्ध्यामा उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेका छन् । जउवा संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका तीनै जना अध्यक्ष पदका उम्मेदवारहरुले जनकपुरधाम नगर भित्र जुलुश सहित शक्ति प्रदर्शन गरेका हुन् ।

सोही क्रममा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले समेत हजारो व्यापारी मतदाताहरुको साथमा शक्ति प्रदर्शन गरेका हुन् । निर्वाचनको पूर्व सन्ध्यामा आफ्नो पक्षमा व्यापारीहरुको समर्थन रहेको देखाउने उद्देश्यले भण्डारीले जुलुश सहित नगर परिक्रमा गरेका थिए । सो क्रममा उनले व्यापारी मतदाताहरुलाई आफूलाई मतदान गर्न अपिल समेत गरेका थिए ।

जउवा संघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८बजेदेखि निर्वाचन प्रकृया शुरु हुँदै छ । प्रचार प्रसार समाप्त हुन अघि भण्डारीले आफ्नो पक्षमा माहौल बनाउने गरी भव्य जुलुश नगरमा निकालेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »