Century Times

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार सुनको भाउले तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन  तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »