Century Times

मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार, यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।

सूचनामा भनिएको छ, “पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।“

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »