Century Times

जउवासंघको उम्मेदवारहरुको नामावली सार्वजनिक

जउवासंघको उम्मेदवारहरुको नामावली सार्वजनिक

जनकपुरधाम उद्योग वाणिज्य संघको भदौ २९ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामावली आज साँझ सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका प्रमुख ललित साहका अनुसार विभिन्न १७ वटा पदमा ४३ जना उम्मेदवारी दिएका छन् । आज बिहान १० बजेदेखि जुलुसका सँग उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन जनकपुरधाम उद्योग वाणिज्य संघ पुगेका थिए ।

अध्यक्ष पदमा मनिषरमन साह, जितेन्द्रप्रसाद साह र सुरेन्द्रकुमार भण्डारी मालीले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह, उपाध्यक्षमा लक्ष्मण साह, विश्वनाथ साह सुडी, महिला उपाध्यक्ष रिंकु साह, माया कुमारी, सरिता ठाकुर, महासचिव पदमा फुलदेव पंडित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार रहेका छन् ।

यसैगरी सचिव पदमा नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह, परमेश्वर साह, एशोसिएट सदस्यमा दिपककुमार साह, अभिषेककुमार चौधरीले उम्मेदवारी दिएका छन् । कार्यकारी सदस्यमा रमेश महतो, संतोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह, सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सम्बद्ध सदस्यमा जनकपुर कपडा तथा रेडिमेड र जनकपुर सुनचाँदी व्यवसायी संघले उम्मेदवारी दिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »