Century Times

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गएको भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिनुभएको थियो । असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही सिफारिश गरेको छ । छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानून विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो । समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबर अपचलन भएको उल्लेख छ ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन यहाँ पढ्न सकिन्छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »