Century Times

मधेस प्रदेशसभा बैठक अवरुद्ध

मधेस प्रदेशसभा बैठक अवरुद्ध

मधेस प्रदेशको सदन सुरु नहुँदै अवरुद्ध भएको छ ।

विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले विरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित गरिएको छ ।

जनमतका सबै सांसदहरु उभिएर बैठकमा अवरोध गरेपछि एमालेका सांसद तथा संसदिय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रतिवाद्व गर्न खोज्दा कांग्रेसका सांसदहरु जनमतको पक्षमा उभिएर आक्रोस व्यक्त गर्दा तनाव उत्पन्न भएको थियो ।

राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेको जानकारी दिएका थिए।

Leave a reply

Your email address will not be published.

Translate »