Century Times

जितिया व्रतालुको डुबेर मृत्यु, एक बेपता

जितिया व्रतालुको डुबेर मृत्यु, एक बेपता

राजदेवी नगरपालिकामा एक जना जितिया व्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ। राजदेवी-८ लक्ष्मीपुर गाउँ छेउको पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा स्थानीय ४५ वर्षीया गिरिजा देवी कानुको डुबेर मृत्यु भएको हो । 

व्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो। तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल-११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन्।

मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »