Century Times

नेपाल- भारत सीमानाका तीन नाकामा तालिम प्राप्त डग परिचालन

नेपाल- भारत सीमानाका तीन नाकामा तालिम प्राप्त डग परिचालन

सशस्त्र प्रहरी बलले नेपाल- भारत सीमानाका मुख्य तीन नाकामा तालिम प्राप्त डगसहित सशस्त्र प्रहरी परिचालन गरेको छ। 

शुक्रबार झापाको काँकडभिट्टा र पर्साको वीरगञ्ज र रूपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त डगसहित सशस्त्र प्रहरी टोली परिचालन गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

उनका अनुसार यसअघि झापाको काँकडभिट्टा नाकामा गत वर्ष असोज २५ गतेदेखि डग परिचालन गरिएको थियो। तर यस वर्ष दुई वटा नाका थप गरिएको हो। 

‘सीमा क्षेत्रमा ओसारपसार  हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ र लागूऔषधको पहिचान गर्नसक्ने दुई/दुई वटा तालिम प्राप्त डग परिचालन गरिएको हो,’ उनले भने।

यस्तै, अन्य सीमा नाकाहरूमा डगसहित तालिम प्राप्त जनशक्ति बिस्तार गर्दै लैजाने संगठनको योजना रहेको उनले बताए।

आर्थिक वर्ष २०८०/०८१ मा झापाको काँकडभिट्टामा परिचालित डगले एक सय ४४.३३ ग्राम र गत आर्थिक वर्ष ५८.७८ ग्राम लागूऔषध ब्राउन सुगर पहिचान गरी बरामद गरेको उनको भनाइ छ। 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »