Century Times

आफ्नै बन्दुकबाट गोली पड़किदा गोविन्दा घाइते

आफ्नै बन्दुकबाट गोली पड़किदा गोविन्दा घाइते

भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । तिघ्रामा गोली लागेपछि उनी अस्पताल भर्ना भएका छन् ।

आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।

गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको बन्दुक दराजमा थियो । अचानक बन्दुक भूईंमा खसेर पड्कियो । उहाँको तिघ्रामा गोली लाग्यो ।’

डाक्टरहरुले गोली शरीरबाट निकालिसकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »