Century Times

राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले तोक्यो ७७ वटै जिल्ला संयोजक

राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले तोक्यो ७७ वटै जिल्ला संयोजक

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्ला संयोजक मनोनीत गरेको छ।

पार्टी अध्यक्ष महतोको अध्यक्षतामा काठमाडौँमा उपलब्ध केन्द्रीय नेताहरूको उपस्थितिमा भएको बैठकले ७७ वटै जिल्ला संयोजक मनोनीत गर्ने निर्णय गरेको हो

बैठकले हालै भएको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न ७७ वटै जिल्लाका संयोजकलाई आग्रह पनि गरेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

जसअनुसार धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, पर्सामा राजेश साह, बारामा अमरदेव यादव, रौतहटमा अवधलाल राय, सप्तरीमा दिपेन्द्र चौधरी, सर्लाहीमा बिनोद साह र सिरहामा सत्यनारायण यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी यही असोज १ गते घोषणा भएको हो। २०८० फागुनदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामबाट विभिन्न अभियान चलिरहेको थियो। उक्त अभियानलाई नै पार्टीमा रुपान्तरण गरिएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »