Century Times

समोसामा कीरा भेटिएपछि एक होटललाई २० हजार रुपैयाँ जरीमाना

समोसामा कीरा भेटिएपछि एक होटललाई २० हजार रुपैयाँ जरीमाना

समोसामा कीरा भेटिएपछि सिरहाको एक होटललाई २० हजार रुपैयाँ जरीवाना गरिएको छ । ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले जरीवाना गरेकाे हाे ।

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले हिजो बजार अनुगमन गरेको थियो ।

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौं रुपैयाँ बराबरको म्याद गुज्रिएको पेयपदार्थ फेला परेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका पेयपदार्थ नष्ट गर्न समय दिइएको छ । त्यस्तै ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’ को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको छ । ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।

संविधानले बजार अनुमगन र व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »