Century Times

श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

महोत्तरीको मटिहानीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको दश लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मटिहानी नगरपालिका–७ स्थित बोर्डर सीमा इलाकामा चेकजाँचको क्रममा एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीय ललित महारालाई श्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको बीओपी मटिहानीका सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार पाण्डेयले बताए ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गगन डाँगीको नेतृत्वमा रहेको टोलीले ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महराले ल्याउँदै गरेको दस लाख रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । बरामद रुपैयाँ, मोटरसाइकल र महराको बारेमा थप अनसन्धान भइरहेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »