Century Times

सुनको भाउ बढ्यो : तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ

सुनको भाउ बढ्यो : तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ

दशैँ बिदापछि आजको कारोबारमा सुनचाँदीको भाउ बढेको छ । आज दशैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दशैँ बिदाअघि असोज २३ गते बुधवार सुनको भाउ तोलामा  एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । दशैँ बिदाअघि चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ  थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »