Century Times

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६ दशमलव ३९ प्रतिशत रहेकोमा कात्तिकमा ६ दशमलव १८ प्रतिशतमा झरेको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा सामान्य बढाएको छ ।

कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् । ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

बैंक कात्तिकको लागि ब्याजदर असोजको लागि ब्याजदर 
एनएमबी६.५६.५
एनआइसी एशिया६.९९७.१८
सिटिजन्स बैंक६६.१५
हिमालयन बैंक६.२५७
माछापुच्छ्रे बैंक६.५ ६.५ 
नबिल बैंक६.२५६.७५
सिद्धार्थ बैंक६६.५
प्राइम कमर्सियल६७.२५
सानिमा बैंक६.१५५.९
कुमारी बैंक६.०१६.०१
प्रभु बैंक६.१६.१
लक्ष्मी सनराइज बैंक६६.५
ग्लोबल आइएमई बैंक६.२५६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक६.५७
एभरेष्ट बैंक६६
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५६.५
नेपाल बैंक५.९५५.९५
राष्ट्रिय वाणिज्यबैंक५.८६
नेपाल एसबीआई बैंक६६
कृषि विकासबैंक५.७५६६.०७

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »