Century Times

जानकी मन्दिरमा कोजाग्रत पर्व आज

जानकी मन्दिरमा कोजाग्रत पर्व आज

दुई दिवसीय कोजाग्रत पूर्णिमा धुमधामका साथ मनाइँदैछ ।

मुख्यत नवविवाहित पुरुष र महिलाका लागि कोजाग्रत पूर्णिमाको विशिष्ट महत्व महत्व रहेको छ । दुल्ही पक्षबाट दुल्हा पक्षको घरमा भार पठाइन्छ । त्यसपछि बेहुलाको चुमाओन गरी भोजभतेरको आयोजन समेत गरिने चलन रहेको छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातीकारूपमा प्रसिद्ध मानिने गरिन्छ ।

कोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने धार्मिकविश्वास रहेको छ । सो पर्वमा घरको आँगनमा अष्टदल अरिपन समेत दिइन्छ । अरिपन माथि डालासहितका सामग्री राखिन्छ भने विशेष मन्त्र उच्चारण गर्दै दुर्वा अक्षत दिइने गरिन्छ । भोजभतेरपछि पान र मखान बाड्ने गरिन्छ ।

गृहस्थ परिवारमा कोजाग्रस्त बुधबार मनाइए पनि जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा बिहीबार मनाइने छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »