Century Times

मधेसको विकासका लागि जनमत नै विकल्पः गोपाल प्रसाद साह

मधेसको विकासका लागि जनमत नै विकल्पः गोपाल प्रसाद साह

धनुषा–३ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा गोपालप्रसाद साह आफ्नो चुनावी अभियानमा अहोरात्र खटि रहेका छन् । घरदैलो, भेटघाट र प्रत्यक्ष संवादमार्फत उनले मतदातासँग नजिकिँदै मधेसका मुद्दालाई मुख्य एजेण्डाका रूपमा अघि सारेका छन् ।
जनमत पार्टीका उम्मेदवार साह सोमबार इटहर्वा, खरियानी, तरही, वैदेहीसहितको स्थानमा पुगेर घरदैलो गरेका हुन् । उनले घरदैलोको क्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै समस्या सुनेका थिए ।

घरदैलोका क्रममा साहले तराई–मधेसको मुख्य आम्दानी स्रोत कृषि भए पनि राज्यले किसानसँग विभेद गर्दै आएको आरोप लगाए । उनले जनमत पार्टी सधैं किसानको सम्मान र अधिकारको पक्षमा उभिने दाबी गर्दै खेतीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउने तथा आम्दानीका स्रोत विस्तार गर्ने योजना रहेको बताए ।

मधेससँग ऐतिहासिक रूपमा विभेद हुँदै आएको उल्लेख गर्दै उनले उक्त विभेद अन्त्य गर्ने स्पष्ट दृष्टिकोण जनमत पार्टी र डा. सिके राउत सँग मात्र रहेको जिकिर गरे । घरदैलोका क्रममा उनले मधेससँग अन्याय गर्ने शक्तिहरूलाई चिन्न मतदातालाई आग्रह गर्दै सोचेर मतदान गर्न अपिल गरे ।

धनुषा क्षेत्र नं. ३ बाट पटक–पटक निर्वाचित भई मन्त्री बने पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले परिवर्तनको पक्षमा मतदान गर्न आह्वान गरे । आफू मधेशी जनताको हितका लागि चुनावी मैदानमा उत्रिएको बताउँदै उनले स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेशिनबाट रोक्ने प्रतिबद्धता जनाए ।

साहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि जनमत पार्टीलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन् । चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा धनुषा–३ मा जनमत पार्टीको अभियान थप सक्रिय बन्दै गएको देखिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »