Century Times

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

अदालतले पक्राउ परेको मितिबाट ६ दिन हिरासतको अनुमति दिएको हो । यस हिसाबले रवि अब थप तीन दिन हिरासतमा रहनेछन् ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »