Century Times

भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते हुने

भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते हुने

जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण कार्तिक १० गते आयोजना हुन लागेको छ ।

भूमि फाउन्डेसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि लोक उत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिए । भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले भूमि लोक उत्सवको दोस्रो संस्करण जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गर्न लागिएको जानकारी दिए । आधुनिकतासँगै मिथिला क्षेत्रको लोक गीत, परम्परा, रितिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरिरहेको बताए ।

भूमि लोक उत्सवमा ख्यातिप्राप्त संगित साधकहरू सहभागी हुने बताउँदै उनले उत्सव अवधिभर मिथिला क्षेत्रको झल्को दिने गरी लोक झाँकी, लोक नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

भूमि लोक उत्सवको दोस्रो संस्करणमा छनोट गरिएका प्रस्तुतिमा नेपाल र सीमाञ्चलका सुन्दर भौगोलिक तथा सामुदायिक विविधता झल्कने झाको दाबी छ ।

पूर्वी पहाडका लिम्बू समुदायको सङ्गीत एवं मुन्धुम संस्कृतिलाई आफ्नो कुशल गायनमार्फत् संसारमा फैलाउन सफल प्रख्यात गायिका एवम् शोधकर्ता झुमा लिम्बूदेखि भारत गौरव सम्मानबाट सम्मानित वरिष्ठ मैथिली लोक गायिका रञ्जना झा र चार दशकदेखि नेपाल र भारतको नाट्य एवं कला क्षेत्रमा सक्रिय नाट्यसमूह मिथिला नाट्यकला परिषद् (मिनाप) देखि समसामयिक नेपाली आधुनिक सङ्गीतमा अत्यन्त सफल गायक तथा लेखक सुशान्त घिमिरेसम्मले उत्सवलाई जीवन्त र स्मरणीय बनाउने उनले बताए ।

संस्थापक झाले मधेश र मिथिला क्षेत्रको सङ्गीत र कलाको संरक्षण एवम् पुनरुत्थान अहिलेको ठूलो आवश्यक्ता रहेको बताउँदै भुमि लोक उत्सवले मधेशको सांस्कृतिक पुनर्जागरणमा महत्वपूर्ण सहजीकरण गर्ने बताए ।

उनले भने, “अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार स्थानीय कलाकारसँग जनकपुरधाममा प्रत्येक वर्ष एउटै मञ्चमा प्रस्तुत हुँदा यस क्षेत्रका युवा पुस्ता आफ्नो मौलिक कलाप्रति उत्साहित हुनेछन् ।”

उत्सवमा विभिन्न १२ वटा समूहका गरि कूल ५० जनाभन्दा बढि कलाकारहरुको सहभागिता रहने कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीले जानकारी दिइन । उत्सवमा करिब ३५ लाख रुपैयाँ खर्च हुने अध्यक्ष झाले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »