Century Times

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रहरीले व्यापारीमाथि गरे कुटपीट

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रहरीले व्यापारीमाथि गरे कुटपीट

जरिवाना बुझाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेका एक व्यापारीलाई नगरप्रहरीले कुटपीट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोकमा किराना पसल चलाउँदै आईरहेका कौशलकिशोर साह उपमहानगरको कार्यालयमा जरिवाना बुझाउनका लागि पुगेको समयमा नगरप्रहरीले कुटपीट गरेको हो ।

पीडित व्यापारी साहका अनुसार उनीमाथी उपमहानगरको नगरप्रहरीका ईन्चार्ज नितेशकुमार रायले कुटपीट गरेका हुन् । उनले भने ‘मंगलबार पसलको सरसफाई गरिरहेका थिएँ, सामानहरु फूटपाथमा थियो त्यही समयमा नगरप्रहरीले सामानहरु यताउती गरेर जरिवानाको पूर्जी थमाई दिएँ ।’ उनले अगाडी भने ‘जरिवानाको विषयलाई लिएर मैले प्रतिकार पनि गर्न खोजे तर आज आएर जरिवाना बुझाउन जाँदा नगरप्रहरीका ईन्चार्ज रायले ढोका बन्द गरेर कुटपीट गरे ।’

यता व्यापारीमाथी कुटपीट भएपनि जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको टोलीले व्यापारी कुटपीटमा संलग्न व्यापारीलाई कारबाहीको माग गरेको छ । जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव फुलदेव पण्डित लगायतको पदाधिकारीहरु उपमहानगरका प्रशासकिय अधिकृतलाई भेटेर सो नगरप्रहरीलाई कारबाही गर्न माग गरे ।

प्रशासकिय अधिकृतले नगरप्रहरीलाई निलम्बन गर्ने प्रतिबद्धता जनाएको जउवा संघका अध्यक्ष भण्डारीले बताए । उनले उपमहानगरले कारबाही नगरे आगामी कानूनी बाटो देख्ने बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »