Century Times

भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई बम्बई उच्च अदालतबाट जमानत

भारतीय अन्डरवर्ल्ड डन छोटा राजनलाई बम्बई उच्च अदालतबाट जमानत

भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनलाई जमानत (धरौटीमा रिहाको आदेश) दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्या मुद्दामा छोटा राजनले जमानत पाएका हुन्। यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ।

छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा पनि सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ।

२०१८ मा मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य दोषी छोटा राजनसहित सबै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे। ‘जे डे’ नामबाट लेख्ने ज्योतिर्मयलाई ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी मारिएको थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »