Century Times

भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह

भारतीय  महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक  सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो। 

भारतीय ४, ५ जना महिलाहरूको गिरोहले जिल्लाको गौर नगरक्षेत्रमा  सोझा सिधा महिलालाई विभिन्न प्रलोभन देखाएर चाँदीको पायल दिँदा एक दिनपछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छिया दिँदा एक दिन पछि बिच्छियासहित पितलको कमण्डलु दिने, सुनको मंगलसुत्रसहित अन्य गहना दिँदा एक दिनपछि गरगहना सहित नगद ५० हजार रुपैयाँसँगै एउटा फ्रिज दिने भन्दै ठगी गरेको पाइएको हो ।

त्यस्ता प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखा परेमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »