Century Times

साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भिड्दै नेपाल –भारत

साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भिड्दै नेपाल –भारत

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबिच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ। 

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच साँझ साढे ६ बजेदेखि सुरु हुने छ।  समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।

नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । समूह चरणमा श्रीलङ्कालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । 

नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको छ । नेपाल ५ पटकको उपविजेता राष्ट्र हो । ४ पटक फाइनलमा नेपाल भारतसँग र १ पटक बङ्गलादेशसँग हारेको छ । उही चिरप्रतिद्वन्द्वी भारतलाई नेपालले सेमिफाइनलमा प्रतिद्वन्दीको रूपमा पाएको छ ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »