Century Times

जनताको मर्म अनुसार जनमत पार्टीले काम गर्नेछ : गोपालप्रसाद साह

जनताको मर्म अनुसार जनमत पार्टीले काम गर्नेछ : गोपालप्रसाद साह

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि जनमत पार्टीका उम्मेदवार गोपाल प्रसाद साहले जनमतको पक्षमा मतदान गर्न अपिल गरेका छन् । उनले सामाजिक रूपमा बञ्चित समुदायको अधिकार, सुशासन स्थापना र मधेसको स्वाभिमानको रक्षा आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै उनले मतदातासँग ‘हर्न’ छापमा मतदान गर्न आग्रह गरे ।

उम्मेदवार साहले जनमत पार्टी सधैं सामाजिक रूपमा पछि पारिएका र राज्यबाट बञ्चित समुदायको आवाज बन्दै आएको दाबी गरे । ‘सडक होस् वा सदन, जनमत पार्टीले निरन्तर मधेस र उत्पीडित समुदायको पक्षमा आवाज उठाउँदै आएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि त्यस्ता समुदायको हक–अधिकारका लागि दृढतापूर्वक उभिने दल जनमत पार्टी नै हो ।’

पुराना राजनीतिक दलहरूले बञ्चित समुदायलाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्दै आएको आरोप लगाउँदै उनले जनमत पार्टी निमुखा र उत्पीडित वर्गको सच्चा प्रतिनिधि भएको बताए । भ्रष्टाचारमुक्त देश निर्माण र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले मतदातासँग जनमत पार्टीलाई बलियो बनाउन अपिल गरे ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »