Century Times

आगलागी प्रभावितका लागि आवास निर्माण गरिदिन गृहमन्त्रीलाई अध्यक्ष राउतको ध्यानाकर्षण

आगलागी प्रभावितका लागि आवास निर्माण गरिदिन गृहमन्त्रीलाई अध्यक्ष राउतको ध्यानाकर्षण

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपप्रधान तथा गृहमन्त्रीलाई आगजनी तथा सुख्खायाम पीडितलाई राहत उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर सप्तरीको कञ्चनरुप नगरपालिका ५ मा वैशाख ९ गते आइतबार दिउँसो भएको आगजनीमा करिब ३० घरधुरीको घर र सरसामानहरू जलेर नष्ट भएको जानकारी गराए ।

त्यसैगरी, वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवा टोलमा आगलागी हुँदा करिब १२० परिवारको घर जलेर खरानी भएको अवस्था रहेको भन्दै पीडितहरू अधिकांश दलित तथा विपन्न वर्गको भएकाले सरकारको तर्फबाट लागि त्रिपाल र खानेकुरासहित राहत सामग्रीको अविलम्ब व्यवस्था गर्नु गराउने माग गरे ।

भूकम्प पीडितहरूको लागि आवास निर्माण सरकारले गरी दिए झैं यी विपन्न पीडितहरूको आवास निर्माणको लागि समेत मूल रूपमा पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

सुख्खा मौसममा तराई–मधेशका विभिन्न ठाउँहरूमा खानेपानीको हाहाकार देखिएको र प्रचण्ड गर्मीसँगै सो क्रम अझै बढ्ने हुँदा पानी जस्तो अत्यावश्यक र आधारभूत कुराको वितरण प्रभावित क्षेत्रहरूमा राहतस्वरूप गरी दिनु हुनका लागि अनुरोध गरे ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »