Century Times

महोत्तरीमा बुद्धको मूर्ति फेला पार्ने युवक एसएसबीको नियन्त्रणमा

महोत्तरीमा बुद्धको मूर्ति फेला पार्ने युवक एसएसबीको नियन्त्रणमा

जनकपुरधाम । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।

Indian SSB personnel accused of crossing Nepal border to assault ...
Photo: File

मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति फेला परेका रहेछन्,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, ‘उनी मूर्ति लिएर हल्ला गर्दै गाउँ आएका थिए ।’

उनी हल्ला गर्दै आएपछि भारतीयतिरका जनताले आफूतिरको मूर्ति लिएर गएको जानकारी पाएपछि एसएसबीलाई जानकारी गराएका थिए ।

त्यसपछि मूर्ति कहाँ भेटाएको हो ? भन्दै एसएसबीले ठाउँ देखाउन बोलाएको र भारतीय सीमाबाटै उनलाई नियन्त्रणमा लिएर राखिएको जानकारी आफूले प्राप्त गरेको कटुवालले बताए । नेपालतर्फतबाट सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँग युवकको रिहाइका लागि समन्वय गरिरहेको उनले बताए । ‘सदालाई रिहा गराउनेबारे हामी समन्वय गरिरहेका छौं’ उनले भने ।

स्रोत: ऑनलाइनखबर

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »