Century Times

भारतमा केबलकारमा अड्किएकाको हेलिकप्टरबाट उद्धार गर्दा खसेर मृत्यु

भारतमा केबलकारमा अड्किएकाको हेलिकप्टरबाट उद्धार गर्दा खसेर मृत्यु

काठमाडौं । भारतको झारखण्ड राज्यको देवघरमा केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट खसेर १ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए । त्यसमा झण्डै ५० जना यात्रु फसेका थिए ।

केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा  फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।

भारतीय सञ्चार माध्यमले हेलिकप्टरबाट खस्दै गरेका मान्छेको भिडियोसमेत सार्वजनिक गरेका छन् । हेर्नुहोस्  भिडियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »