Century Times

अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द

अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द

जनकपुरधामबाट श्रद्धालु बोकेर अयोध्या जाने तरखरमा रहेको रेल सेवा रद्द भएको छ ।

भारत अयोध्याको सुरक्षा सँयन्त्रले रेलबाट श्रद्धालु ल्याउन अनुमति नदिएपछि जनकपुरबाट भोली विहान ६ बजे अयोध्याको लागि प्रस्थान हुने भनिएको रेल सेवा रद्द भएको जनाईएको छ ।

अयोध्याबाट सुरक्षा सँयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि रेल सेवा रद्द भएको जनाईएको छ । रेल सेवा रद्द भएको बारेमा नेपाल रेल्वेका प्रमुख प्रशासकिय सहायक रञ्जित ठाकुरले जानकारी गराएका हुन ।

दिउँसैदेखि भारतबाट आउने रेल जनकपुरबाट यात्रु लिएर अयोध्या जाने कार्यक्रम तय भएको थियो । भाडादर साधारणको १ हजार, एसी ३ को २ हजार र एसी २ को ३ हजार रुपैयाँ तय गरिएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »