Century Times

सभामुख रामचन्द्र मण्डलले पाए महामुर्खको उपाधी

सभामुख रामचन्द्र मण्डलले पाए महामुर्खको उपाधी

होलीको अवसरमा जनकपुरधाम स्थित मिथिला नाटयकला परिषद जनकपुरधामले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनबाट यस वर्ष मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई महामुर्खको उपाधि प्रदान गरिएको छ ।

शिक्षक पेशा परित्याग गरि माओवादी जनयुद्व लडदै शान्तिपुर्ण राजनितिको मुलधारमा आएपछि एमाले हुदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्र्वपुर्ण योगदान पुरयाइ रहेको भन्दै महामुर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ ।

आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनो सहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको छ । त्यसैगरि सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुरयाएवापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमुर्खको उपाधि मधेश सरकार अर्थमन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।

त्यसैगरि सदाबहार मुर्खको उपाधि प्रअ महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थाई मुर्ख, ग्रामिन परवाहा स्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।

यसका आलावा हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ । मैथिली भाषा, साहित्य, कला, गित संगीत र नाटय क्षेत्रमा काम गर्दै आएको मिनापले २८ वर्ष देखि होरी महोत्सव र महामुर्ख सम्मेलन गरि होलीमा दुई दिवसीय कार्यक्रम गर्दै आएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »