Century Times

फागुन देखि मधेश प्रदेशमा पनि इम्बोस्ड नम्बर अनिवार्य

फागुन देखि मधेश प्रदेशमा पनि इम्बोस्ड नम्बर अनिवार्य

कोशी र मधेश प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ ।

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी र मधेश प्रदेशका लागि नयाँ सवारी दर्ता र सवारी नामसारीमा १ फागुन २०८० बाट इम्बोस्ड नम्बर लागु हुने जानकारी गराएको हो ।

सवारी दर्ता प्रमाणपत्र नवीकरणको हकमा भने १ जेठ २०८१ बाट यो नियम लागु हुने भएको छ । सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारी साधनमा इम्बोस्ड नम्बर लागु हुने मन्त्रालयले जनाएको छ ।

यस्ता सवारी साधनका धनीले तोकिएको मिति अगाडि नै इम्बोस्ड नम्बर लगाउन चाहेमा भने यातायात कार्यालयले त्यसको अनुमति दिन सक्ने समेत मन्त्रालयले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »